धरानमा ‘ग्याङ फाइट’ हुँदा छुरा प्रहारबाट युवकको मृत्यु

धरानमा ‘ग्याङ फाइट’ हुँदा छुरा प्रहारबाट युवकको मृत्यु

विराटनगर, १९ असार। धरान उपमहानगरपालिका–१३ फुस्रेमा सोमबार राति २ समूहबीच ‘ग्याङ फाइट’ हुँदा १ युवाको छुरा प्रहारबाट मृत्यु भएको छ । छुरा प्रहारबाट घाइते धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । २ समूहबीच धरान–१३ फुस्रेमा एकअर्काबीच आक्रमण भएको थियो । आक्रमणमा मृतक राईको नाइटोको दाहिनेपट्टि छुरा प्रहार भएको थियो ।

गम्भीर घाइते बनेका उनलाई उपचारमा लगेको केही समयमै मृत घोषित गरिएको प्रतिष्ठान प्रहरी पोस्ट धरानले जनाएको छ । झगडामा धरान–१३ का सुवर्ण राई घाइते बनेका छन् । उनको निधार र घाँटीको दाहिनेपट्टि चोट लागेको छ । मृतक अमितको आन्द्राभुडी नै बाहिर निस्केको अवस्थामा प्रतिष्ठानमा ल्याइएको थियो ।

आक्रमणमा संलग्नमध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएपनि नाम भने खुलाएको छैन । स्थानीयवासीका अनुसार ‘बोबो’ नाम गरेका युवा पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्