विद्युत जडानका क्रममा करेन्ट लागेर चार जनाको ज्यान गयो

<span class='c1'>विद्युत जडानका क्रममा करेन्ट लागेर</span> <span class='c2'>चार जनाको ज्यान गयो</span>

डोटी,१९ असार ।आदर्श गाउँपालिकाका –१, चासीमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक (प्रनानी) दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा त्यही गाउँपालिकाका ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय हरि खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्का रहेका छन् ।  गाउँमा विद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेको बताइएको छ ।  त्यस्तै विद्युत जडानका क्रममा बमबहादुर खड्का घाइते भएका छन् ।   घटनास्थलतर्फ दिपायलबाट प्रहरी टोली  गैसकेको छ । घटनाको पूर्ण विवरण भने प्रहरी टोली पुगेपछि मात्रै आउने प्रनानी कुँवरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्