यसरी उछिने नेयमारले मेस्सी र रोनाल्डोलाई

यसरी उछिने नेयमारले मेस्सी र रोनाल्डोलाई

काठमाडौं, १९ असार ।  ब्राजिली फूटबल टोलीका स्टार स्ट्राइकर नेयमारले मेक्सिकोसविरुद्धको खेलमा एक गोल गरेर अन्य सुपरस्टारहरू रोनाल्डो र मेस्सीलाई उछिनेका छन् ।
विश्वकपमा नेयमारको गोलसंख्या ६ पुगेको छ । रोनाल्डोको गोलसंख्या सात र मेस्सीको गोलसंख्या ६ भएपनि नेयमारले उनीहरूभन्दा कम शट हानेर ६ गोल गरेका हुन् ।उनले जम्मा ३८ शट हानेर ६ गोल गरेका हुन् ।
लियोनेल मेस्सीले ६७ शटमा ६ गोल हानेका हुन् भने रोनाल्डोले ७४ शटमा ६ गोल गरेका हुन् । यसरी हेर्दा नेयमार नै उनीहरूभन्दा अघि देखिएका छन् । नेयमारले मेक्सिकोविरुद्ध एक गोल गरे भने अर्को गोलमा मद्दत गरे ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्