बाढी–पहिरोमा परी ११ जनाको ज्यान गयो,सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च

बाढी–पहिरोमा परी ११ जनाको ज्यान गयो,सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च

विराटनगर १९ असार ।  देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको ज्यान जानुका साथै तराई क्षेत्रमा हजार भन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थान तर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ । आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ  । गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित छन् । रोल्पा र बाँकेमा बाढी पहिरोमा परेर सोमबार ६ जनाले ज्यान गुमाएका छन । पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशु सहित ३ जनाको ज्यान गएको छ । बाँकेमा बाढीले बगाउँदा ५ वर्षीय बालक सहित ३ जनाको ज्यान गएकोे छ ।

[caption id="attachment_23778" align="alignnone" width="696"] file photo[/caption]

यसैबिच, सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । पूर्वी भेगमा तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव मंगलबार बढेको हो । पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ३८ हजार ७ सय ५५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएका छन् । आइतबार साँझ एक लाख ३१ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको नदीको बहाव क्रमश घट्दो क्रममा रहेको थियो । पूर्वि पहाडी सहितका भेगमा अविरल वर्षा भएकाले मंगलबार दिउँसोबाट कोशीमा पानीको बहाव बढेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षा भएपछि कोशी नदीमा पानीको सतह बढ्ने गर्छ । मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपील गरेको भए पनि सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ ।

नदीको बहावमा उतारचढाव जारी रहे पनि खतरा भने नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो । वर्षायाममा सँधैजसो कटान लाग्ने गरेको राजाबास क्षेत्रमा रहेको तटबन्धमा आवश्यकता परेको खण्डमा बालुवासहितको बोरा हाल्ने गरी तयारी गरिएको उप्रेतीले जानकारी दिनुभयो ।  प्रमुख जिल्ला अधिकारी उप्रेतीका अनुसार कोशीका सबै तटबन्ध सुरक्षित छन् । नियमित अनुगमन र पूर्व तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाको भनाई छ । सुनसरीमा लगातारको वर्षाका कारण खोलानालामा जलस्तर बढे पनि कटान भने नभएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्