विराटनगरलाई डुवान हुन नदिन महानगरको यस्तो अभियान

विराटनगरलाई डुवान हुन नदिन  महानगरको यस्तो अभियान

विराटनगर,१९ असार । 
विराटनगर महानगरले वर्षादको समयमा हुनसक्ने डुवान समस्या समाधानका लागि नाली सफाई अभियानलाई तीब्र पारेको छ । महानगरले सिंघिया खोला र केशल्या खोलासंग जोडिएका सवै शाखा नालाको सफाई शुरु गरेको हो । महानगरका भित्री नाली, पैनी र खोल्सा–खाल्सीहरु पुरिएकाले सफाई अभियान थालिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । उनले गएका वर्षहरुझै यसपटक डुवानको समस्या आउन नदिनको लागि खोलासँग जोडिएका सवैनाला सफाई गराउने काम भइरहेको बताए ।
मसख्य बजार र आसपासका निकास नालामा जाम भएर पानी जम्दापनि बिराटनगर डुवानमा परेको निश्कर्ष निकाल्दै महानगरले नाला सफाई अभियान शुरु गरेको हो । गत बर्ष आएको बाढी बजार पस्दा करिब ५ हजार बढी परिवार बिस्थापित भएका थिए । निकास नालाहरु सफा नहुदा गत वर्ष विराटनगर वासीहरुले ठूलै सास्ती वेहोर्नु परेको थियो । सामान्य पानी पर्दासमेत जलमग्न हुने विराटनगरको यो समस्या समाधानका लागि महानगरले पुर्ब तयारी थालेको जनाएको छ ।
स्काभेटरको प्रयोग गरेर ठूला नालीहरु सफा गर्नेदेखी सडक नालाको समस्या समाधानमा महानगर जुटिरहेको मेयर पराजसलीले बताए । व्यपारिक मार्ग विस्तार आयोजना (सिक्सलेन)संग अधिकांश नालाहरु जेडिएकाले केही डुवान समस्या भने यसवर्ष पनि समस्या आउनसक्ने मेयर पराजुलीको आशंका छ । तर वडास्तरमा स्काभेटर र जनशक्ति प्रयोग गरेर नाला तथा खोसी सफा गर्ने काम भइरहेको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर १२ मा रहेको च्याङवारी सफा गराउन ११ सय मिटर आउटलेट ड्रेन बनाउने काम अन्तिमचरणमा पुगेको छ भने वार्ड नं ६ र वार्ड नं १२ मा जोडिदै केशलिया पुग्ने धुदुवा पैनी सफा गराउने काम सम्पन्न भएको महानगरले जनाएको छ । यस्तै सिँघियाँसंग जोडिएका वडहरुका सवै नालीहरु सफा गराउने काम भइरहेको छ । सिंघिया र केशल्यासंग जोडिएका सवै नालाहरु पूर्णरुपमा सफाइ भए डुवान समस्या समाधान हुने महानगरको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्