कोशी अञ्चल अस्पतालमा सर्पदंशका विरामी बढे, दैनिक १० जना अस्पतालमा

<span class='c1'>कोशी अञ्चल अस्पतालमा सर्पदंशका विरामी</span> <span class='c2'>बढे, दैनिक १० जना अस्पतालमा</span>

विराटनगर, २० असार ।
तराईमा अत्याधिक गर्मी र वर्षाका कारण सर्पको बिगविगी बढेको छ । सर्पको बिगबिगी बढेसँगै विराटनगरको कोशी अञ्चल अस्पतालमा सर्पदंशका बिरामी वृद्धि भएको छ । त्यस्तै गर्मी बढेसँगै झडापखालाका बिरामी पनि बढेको अस्पताल प्रशासनले जनाएको छ ।
विरामीको चाप बढेसँगै कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा विरामीहरुलाई झ्यालमा समेत राखेर उपचार गर्नु परेको छ । आकस्मिक सेवाका प्रकाश साहले अस्पतालमा दैनिक १० जना जति सर्पले टोकेको विरामीहरु आउने गरेकाका जानकारी दिए । केही दिन यता देखि वर्षा शुरु भएकाले राति हिड्दा सतर्क भएर हिड्ने र कुनै पनि किराले टोक्दा छिटो भन्दा छिटो अस्पताल ल्याउन चिकित्सकहरुले आग्रह गरेका छन् । सर्पले टोकेको विरामीलाई अझै पनि झारफुक गराउने प्रवृत्ति रहेकोले तत्काल अस्पताल पु¥याउन आग्रह गर्दै चिकित्सकहरुले कुनै पनि सर्पले टोकेको विरामी बचाउन सकिने बताएका छन् ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्