करेन्ट लागेर ज्यान गुमाएका ४ जनाको सामूहिक अन्त्येष्टि

करेन्ट लागेर ज्यान गुमाएका ४ जनाको सामूहिक अन्त्येष्टि

डोटी, २० असार । करेन्ट लागेर ज्यान गुमाएका डोटीको आदर्श गाउँपालिका –१, चासीगाउँका चार जना युवाहरुको सामूहिक अन्त्येष्टि गरिएको छ ।मृतकहरु चारै जना एकै गाउँका भएकाले सामूहिक अन्त्येष्टि गरिएको स्थानियबासी राजेन्द्रबहादुर खड्काले बताउनुभयो ।ढिलो गरी पोष्टमार्टम गरिएकाले उनिहरुको बुधबार साँझ दिपायलस्थित सेती नदीको बासुधारमा अन्त्येष्टि गरिएको हो । मंगलबार स्थानीय जयबहादुर खड्काको मिल नजिक रहेको विद्युत पोल उखेलेर नयाँ ठाउमा गाड्ने क्रममा करेन्ट लागेर स्थानीय ४ जना युवाहरुको घटनास्थलमै ज्यान गएको थियो । करेन्ट लागेर ज्यान गुमाउनेमा ३०  वर्षीय जयबहादुर खड्का, २३ वर्षीय लोकेन्द्र खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्का रहेका छन् ।करेन्ट लागेर घाइते भएका बमबहादुर खड्काको दिपायलस्थित शैलेस्वरी अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्