पूर्वपश्चिम राजमार्गअन्तर्गतकै पुल भासियो, सवारी एकतर्फी सञ्चालनमा

पूर्वपश्चिम राजमार्गअन्तर्गतकै पुल भासियो, सवारी एकतर्फी सञ्चालनमा

लहान, २० असार –लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित महुली खोलाको पुल भासिएको छ ।

लगातारको वर्षापछि उक्त खोलामा आएको बाढीले महुली पुल करीब ५० मिटर भासिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

पु्लको केही भागमा थप कटान हुन थालेपछि सर्तकतापूर्वक पुलबाट एकतर्फी यातायात मात्र चलाउन दिइएको र पुलको कटान रोक्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्