विराटनगर महानगरको मुख्य बजारमा पार्किङ निशेधको तयारी

विराटनगर महानगरको मुख्य बजारमा पार्किङ निशेधको तयारी

विराटनगर, २० असार । विराटनगरको मुख्य बजार क्षेत्रमा पार्किङ निषेधित गर्ने तयारी थालिएको छ । विराटनगरको ट्राफिक चोकदेखि पानीटंकी चोकसम्मको सडक क्षेत्रमा पार्किङ निषेधित गर्ने तयारी थालिएको हो ।
व्यस्त बजारमा सडकमा पार्किङगर्दा आवतजावतमा समस्या हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवप्रसाद पोखरेलले पार्किङ निषेधको तयारी थालेका हुन् ।
पार्किङ निषेधित क्षेत्र घोषणा गर्न आवश्यक गृहकार्य सुरु गरिएको उनले बताए । ‘पाँच मिनेटको बाटो पनि हामी गाडी वा बाइकमा जान्छौं ।’  उनले भने ‘छोटो दुरीमा प्रयोग भएका गाडी सडकमा पार्किङ हुँदा आवतजावतमा समस्या छ ।’ पार्किङ निषेध भए सवारी आवागमनमा सहजता आउने बताउँदै उनले बजार क्षेत्रमा बैकल्पिक पार्किङको व्यावस्थापन गर्न छलफल गरिरहेको जानकारी दिए ।

ट्राफिक प्रहरीले आँखा चिम्लीएर जलजलाचोकमा पार्किङ गर्दै गरिएको सिटी रिक्सहरु ।विराटनगरको अस्तव्यस्त सडकका कारण सवारी आवतजावतमा समस्या छ । बजारमा आगलागी भए पनि दमकल ल्याउन समस्या छ । प्रहरी निरीक्षक पोखरेल आवतजावतलाई सहज बनाउन व्यस्त क्षेत्र पानीटंकी चोकदेखि ट्राफिक चोकसम्म पार्किङ निषेधित क्षेत्र बनाउन लागिएको बताउँछन् ।
विराटनगर महानगरपालिकाले साउन १ गतेदेखि सडकमा लाग्ने साप्ताहिक हाट बजार पनि बन्द गर्दैछ । ट्राफिक प्रहरीले पनि साउन १ गतेबाट नै पार्किङ निषेधको तयारी थालेको हो । बजारको जाम हटाउन तत्काललाई विराटनगर गुद्रीको बी र सी प्लटको खाली जग्गा प्रयोग गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्