झापा र ओखलढुंगामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

झापा र ओखलढुंगामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

विराटनगर, २० असार ।
झापा र ओखलढुंगामा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । ओखलढुङाको सुनकोशी गाउँपालिकामा भएको जीप दुर्घ दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ६ बस्ने ३० वर्षीया ललीमाया मगर र ५५ वर्षीय डिल्ली बहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ। मुलखर्कबाट सदरमुकामतर्फ आउदै गरेको बा १५ च ८८४३ नम्बर को बोलेरो जीप सुनकोशी गाउँपालिका ८ मा अचानक सडकबाट तल खस्दा एक जनाको घटनास्थलमै तथा अर्कोको उपचारका लागी लैजानेक्रममा मृत्यु भएको हो। त्यसैगरी घाइतेहरुमा सुनकोशी गाउँपालिका ८ बस्ने ५७ वर्षीया दिल कुमारी दर्जी, ३४ वर्षीय छविलाल दर्जी र २७ वर्षीया फुलमाया दर्जी रहेका छन। दिलकुमारीको अबस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । दुर्घटना पश्चात जीपका चालक फरार भएकाले प्रहरीबाट उनको खोजी भइरहेको छ।
यस्तै,झापाको अर्जुनधारा नगरपालिका ७ मगर चोकमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। शनिश्चरेबाट जयपुर जादै गरेको वाल्मिकी स्कुलको मे १ ख २०१९ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको मे ६ प ३५३३ नंम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक झापा बुद्धशान्ति गाउँपालिका २ बस्ने २५ वर्षिय राजेश खनालको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ। बससहित चालक झापा विर्तामोड नगरपालिका १ बस्ने बिजय माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्