गौहत्या गर्ने चार जना पक्राउ परे

गौहत्या गर्ने चार जना पक्राउ परे

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान आफ्ना  घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि गौहत्यासम्बन्धी मुद्दा चलाइने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए । पक्राउ परेका मोहम्मद इलियास जोलाहालाई यसअघि अदालतले ठगी मुद्दामा चार वर्ष कैद गरेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्