इनरुवालाई सफा र सुन्दर बनाउन पक्की सडक बनाइँदै

इनरुवालाई सफा र सुन्दर बनाउन पक्की सडक बनाइँदै

इटहरी, असार २१। सुनसरी जिल्लाको सदरमुकाम इनरुवालाई साँच्चिकै मानव बस्नयोग्य सफा र सु्न्दर शहरमा रुपान्तरण गर्न इनरुवा नगरपालिकाले सडक सञ्जाल निर्माणसँगै त्यसलाई कालोपत्र गर्ने कार्यलाई जोड दिँदै आएको छ । निर्वाचित पदाधिकारी आउनुअघि उराठलाग्दो अवस्थामा रहेको सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा प्रमुख राजन मेहताको नेतृत्वमा निर्वाचित पदाधिकारी आएपछि नेपाल सरकारको शहरी विकास मन्त्रालयको रु दुई अर्बको लगानीमा नगरपालिकाको प्राथमिकतामा परेका १२ वटा शहरी सडक कालोपत्रे गर्दै शहरको स्तरान्नति गर्ने कार्य भइरहेको छ ।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको सक्रियतामा यो वर्ष सबैभन्दा उच्च प्राथमिकता दिई जिल्ला समन्वय समितिको कार्यालय अगाडिदेखि जिल्ला अदालत हुँदै पूर्वपश्चिम राजमार्गको सखुवागाछीसम्मको दुई किलोमिटर सडक साँच्चिकै हेर्न लायक हुने गरी स्तरोन्नतिसँगै कालोपत्रे र चौडा गरिएको छ ।

मन्त्रालयको रु ३५ करोडको लागतमा दुवैतर्फ सडक पेटी पक्की ढलसहित ५२ फिट चौडा रहेको उक्त कालोपत्रे सडक निर्माणले जिल्लाको सदरमुकाम इनरुवाको मुहार नै फेरिदिएको स्थानीयवासीले खुशी व्यक्त गरिरहेको पाइएको छ । सडक स्तरोन्नतिसँगै ढल फुटपाथसमेत फराकिलो कालोपत्रे सडक निर्माणले उक्त क्षेत्रका स्थानीयवासीमा खुशियाली ल्याएको स्थानीयको भनाइ रहेको छ ।

विकास त यस्तो पो हुुनुपर्छ भन्ने गरी ‘आहा इनरुवा १ ’ भन्ने गरी शहरी विकास मन्त्रालयको सहयोगमा प्राप्त रकमबाट आफूले नगरवासीको चाहना र आवश्यकता हेरी नगरवासीकै पहिचानका आधारलाई प्राथमिकतामा पारेर आफूले सडक स्तरोन्नतिसँगै ढल निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको प्रमुख राजन मेहताले जानकारी दिनुभयो ।

गाउँ नै गाउँ धेरै भएको सदरमुकामको नगरपालिका भएकाले धेरै काम गर्न बाँकी रहेको र नगरवासीलाई आवश्यक सुविधा उपलब्ध गराउन थुपै्र काम गर्नु पर्ने भएकाले विकास निर्माणको चापको उरुङ रहेको भएपनि पहिलो वर्ष प्राथमिकताका आधारमा सडकको स्तरोन्नतिसँगै सदरमुकामलाई साँच्चिकै हेर्न लायक बनाउने कार्य भइरहेको पनि प्रमुख मेहताले दाबी गर्नुभयो ।

उहाँले शहरी विकास मन्त्रालयद्वारा प्राप्त रकम सदुपयोग गर्दैै नगरवासीका आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नगरको मुख्य क्षेत्रमा यो सडकसँगै अरु १२ वटा सडक, ढल र पेटीसहित कालोपत्रे गर्ने कामलाई यो वर्ष तीव्रता दिइएको पनि प्रमुख मेहताले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्