बेलबारीमा बसले मोटरसाईकल ठोक्यो, दुर्घटनामा २ जनाको मृत्यु

<span class='c1'>बेलबारीमा बसले मोटरसाईकल ठोक्यो,</span> <span class='c2'>दुर्घटनामा २ जनाको मृत्यु</span>

विराटनगर, २१असार ।
मोरङको बेलबारीमा बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६४३५ नम्बरको बसले विपरित दिशा तर्फ जाँदै गरेको को २७ प ४१६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवार भोजपुर पौवादुङबा गाउँपालिका ५ का ३३ बर्षिय जय नारायण तामाङको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै मोटरसाईकल चालक सुनसरी ईटहरी १ का ३८ बर्षिय खगेन्द्र तामाङको उपचारको क्रममा धरानमा रहेको वि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । ठक्कर दिने बस, चालकलाई अस्थायी प्रहरी चौकी कानेपोखरीले नियन्त्रणमा लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्