सुन तस्करी र हत्या प्रकरण: तीन जना अभियुक्तको बयान सकियो

सुन तस्करी र हत्या प्रकरण: तीन जना अभियुक्तको बयान सकियो

विराटनगर, २१ असार । सुन तस्करी तथा उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा पुरक अभियोग लगाएर मुद्दा दर्ता गरेको अभियुक्तहरुको बिहीबारदेखी बयान सुरु भएको छ ।जिल्ल अदालत मोरङको जिल्ला न्याधीश नारयण प्रसाद शर्माको इजालमा सुरु भएको बयानमा पहिलो दिन तीन जना अभियुक्तहरुको बयान सकिएको छ ।पहिलो दिन सुन व्यवसायी उर्लाबारी – ५ का ३८ वर्षिय रेवत भन्ने रेवन्त कुमार आचार्य, मनि ट्रान्सफर सञ्चालन गर्ने दमक – ९ का ३४ वर्षिय विनोद अधिकारी, प्रजातान्त्रीक नेता भुजुङ गुरुको सवारी चालक फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षु बहादुर गुरुङ्गको बयान सकिएको जिल्ला अदालत मोरङले जनाएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार ७ जनालाई पूरक अभियोग लगाएर अपराधिक समूह स्थापना संचलन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

बयान सकिन बाँकी रहेका दोलखा चरिकोट १ का ४३ वर्षिय गोरेका सहयोगी मोतीराम श्रेष्ठ, काठमाडौ ९ का ३४ वर्षिय मदन सिलवाल, काठमाण्डौ ६ गौरीघाटका ४२ वर्षिय रामकुमरा तिवारीको बयान शुक्रबार हुने भएको छ । बाँकी रहेका तीन जना अभियुक्तहरुको बयान सकिएपछि थुनछेक बहस हुने बताइएको छ ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जना विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैध रुपमा सुन आयात गरिएको दाबीसहित ‘आपाराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अबैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी चुडामणि उप्रेती गोरे, प्रहरी अधिकारी सहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् । दुई जना अदालतको थुनछेक बहस पछि तारेखमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्