झापा, २२ असार ।
झापाको झापा गाउँपालिका ६ शरणामतीमा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ शरणामती ४० बर्षिय रेणुका अधिकारी रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । अधिकारीलाई कलमा जोडेको पानी तान्ने मोटरको स्विच खोल्ने क्रममा अचानक करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर घाईते भएकी उनलाई उपचारकालागी बिर्तामोडस्थित बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।