सडकमा लाग्ने हाट ब्यवस्थित गर्न महानगर यस्तो गर्दैछ, बिराटनगरका यी ठाउँमा लाग्छन हटिया

सडकमा लाग्ने हाट ब्यवस्थित गर्न महानगर यस्तो गर्दैछ, बिराटनगरका यी ठाउँमा लाग्छन हटिया

विराटनगर, २२ असार ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकाका सडकमा लाग्दै आएको साप्ताहित हाट बजारलाइृ ब्यवस्थित गरिने भएको छ । मुल सडकदेखि सहायक सडकहरुमा सहर स्थापना भएदेखि लाग्दै आएका २६ वटा साप्ताहिक हटियालाई अन्यत्रै सारे ब्यवस्थित गरिने भएको हो । सम्बन्धित वडा अध्यक्ष तथा अध्यक्षहरुको संयोजनमा सुरक्षित स्थानमा ब्यवस्थित गर्ने निर्णय भएको महानगरका मेयर भीम पराजुलीले बताए ।
प्रदेश राजधानी भएको सहर बिराटनगरको सडकमा लाग्दै आएको हटियाले ट्राफिक ब्यवस्थापन चुनौतीपुर्ण बन्नुका साथै सडक जाम हुने समस्या दिन प्रतिदिन बढ्दै गएकाले यसको ब्यवस्थापन गर्ने निर्णय लिएका छौ, उनले भने, प्रत्यक वडामा कम्तीमा एक ठाउँमा साप्ताहिक हटिया लगाउने निति बनाईने उनले बताए ।
प्रमुख पराजुलीले महानगर स्थीत सिँगिया खोलापारी बन्दै आएको तरकारी तथा फलफुल थोकबजार पनि केही समय पछि ब्यवस्थित रुपमा संचालन हुने भएकाले महानगर भित्रको साप्ताहिक हटिया ब्यवस्थापन आबस्यक भएकाले ब्यवस्थित गर्ने निर्णय गर्न बाध्य भएको बताए ।

????????????????????????????????????सडकमा नै लाग्दै आएको हटियाले महानगरको सौन्दर्यलाई कुरुप बनाउनुका साथै यहाँका मानव बस्तीमा समेत असर पुर्याई रहेको छ । महानगरले ब्यवस्थित गर्न लागेको साप्ताहिक हटियाले यहाँका निम्न बर्गका सर्बसाधारणलाई ब्यवस्थित रुपमा साना ब्यवसाय संचालन गरेर दिगो रुपमा आय आर्जन समेत गर्ने अबसरको सिर्जना हुने भएको छ ।
मोरङ ब्यापार संघका अध्यक्ष पवन सारडाले सडकको हटिया ब्यवस्थित गर्ने महानगरको निर्णय स्वागतयोग्य रहेको बताए । उनले पहिलो चारैतिर खुल्ला भएको सडक छेउमा हटिया लाग्दा समस्या थिएन तर अहिले चौतर्फी घर निर्माणल हुँद गएपछि सडक छेउको हटिया सडकको बिचमा नै राखिँदा सहरलाई नै कुरुप बनाएकोले ब्यवस्थापन आबस्यक रहेको बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले सडकमा लाग्दै आएको हटियाको खाली ठाउँमा बैकल्पिक ब्यवस्था गरेर स्थानान्तरण गर्ने महानगरको निर्णय सराहनीय रहेको बताए ।
यहाँ लाग्छन हटिया
बिराटनगर महानगरपालिका भित्रको गुद्री बजार बर्षौदेखि सडकमा नै लाग्दै आएको छ । यस्तै वडा नम्बर १ को मंगलवारे, वडा नम्बर २ को सोमबारे, ईक्राहीको आईतवारे, कन्चनवारीको शुक्रवारे, आईतवारे, जामुनगाछी, राजबंशीचोकको आईतवारे, खार्जी, ढाटको बुधवारे र शुक्रवारे हटिया सडकमा नै लाग्दै आएको छ । त्यस्तै चाँदनी चोकको बिहीवारे, कोचाखालको मंगलवारे, शान्तिचोकको वडा नम्बर ७को शनीहाट, वडा नम्बर ८ को मंगलवारे र शुक्रवारे, वडा नम्बर १० को सोमबरे, वडा नम्बर १२को शुक्रवारे, वडा नम्बर १२ र १३ को आईतवारे र बिहीवारे हटिया पनि सडकमा नै लाग्दै आएको छ । वडा नम्बर १३ को बुधवारे र शनीवारे, वडा नम्बर १४को बुधवारे, घिनाघाटको आईतवारे, मिलनचोकको मंगलवारे हटिया पनि सडकमा नै लाग्दै आएपछि सडकको हटिया ब्यवस्थापन गर्ने काममा महानगर लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्