उर्लाबारीमा तीन लाखको तरकारी नष्ट

<span class='c1'>उर्लाबारीमा तीन लाखको</span> <span class='c2'>तरकारी नष्ट</span>

उर्लाबारी । लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो ।

चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको लगातारको वर्षाले डुबाउँदा काँक्रा, बोडी, फर्सी, भन्टालगायत तरकारी नष्ट भएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

संस्थाले स्थानीयवासी शोभा चेम्जोङ पालुङवाको जमिन पाँच वर्षको लागि भाडामा लिएर व्यावसायिक तरकारीखेती शुरु गरेको हो । दैनिक १० जनाले रोजगारी समेत पाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्