मोरङमा यसवर्ष ३० प्रतिशत धान रोपाइँ सकियो !

मोरङमा यसवर्ष ३० प्रतिशत धान रोपाइँ सकियो !

विराटनगर असार २२ ,  मनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा किसानले धानखेती गरेका थिए । जिल्लाको ३१ हजार ६१० हेक्टरमा वर्षभरि र ३७ हजार ७७८ हेक्टरमा मौसमी सिँचाइ सुविधा रहेको छ ।

“विगतको भन्दा पाँच हजार ५९ हेक्टर जग्गामा धानखेती घटेको छ,” राउतले भन्नुभयो । आठ हजार ६६२ हेक्टर जग्गामा आश्रित किसान अकासे पानी, कुलो र पैनीका पानीमा निर्भर रही धानखेती गर्दैआएका छन् ।

भारतबाट आयातित रञ्जीत र स्वदेशी राधा–१२, सवा मन्सुली स्वर्णसव–१ र सुख्खा–३ जातका धान बढी मन पराउने कृषकको खेतमा अहिले बीउ तयारी अवस्थामा छ भने रोपाइँका लागि खेत धमाधम हिल्याउने काम भइरहेको छ । धानखेती जग्गा घट्नुका कारण व्यावसायिक रुपमा जग्गा खरिद बिक्री तथा घडेरीमा रुपान्तर भएको राउत बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्