इटहरीमा दुईदिने प्रदेश १ स्तरीय ‘रोजगार मेला’ सम्पन्न

<span class='c1'>इटहरीमा दुईदिने  प्रदेश १</span> <span class='c2'> स्तरीय ‘रोजगार मेला’ सम्पन्न</span>

सुनसरी – आफू कसरी रोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन सुनसरीको इटहरीमा दुईदिने ‘रोजगार मेला’ आयोजना गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजनामा दुई दिनसम्म चल्ने अन्तरक्रियात्मक मेलामा बेरोजगार युवा तथा रोजगारदातासहित पाँँच सयभन्दा बढीको सहभागिता छ ।

मेला उद्घाटनका क्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले राजनीतिक क्रान्ति अन्त्य गरेर अब देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने क्रममा प्रदेश सरकारका तर्फबाट पनि रोजगार सिर्जनाका थुप्रै कार्यक्रम आउने हुँदा पाँच वर्ष भित्रमा धेरै युवाले रोजागर पाउने विश्वास दिलाउनुभयो ।

प्रदेश सरकारले समेत कृषि, पर्यटन, आर्थिक समृद्धि, जलस्रोतको विकाससँगै अरू थुप्रै विकासका योजना र नीति तथा कार्यक्रम अघि सारेकाले सबैका घर–घरमा रोजगारका अवसर सिर्जना हुने उहाँको भनाई छ ।

नेपाली युवाहरु वैदेशिक रोजगारमा मात्रै जाँदा देशको थुप्रै उर्वर भूमी बाँझो भएकोमा प्रदेश सरकारको ध्यान गएको भन्दै  मन्त्री आङ्वोले स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले युवाहरु बहिरिने क्रमलाई कम गर्न निजी क्षेत्रसँग लगानीको वातावरण सिर्जना गरी साझेदारीमा रोजगार प्रवद्र्धनमा जोड दिने पनि जानकारी गराउनुभयो ।

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बेरोजगारीको अवस्था न्युन गर्न निजी क्षेत्रले गर्दै आएको सहयोगमा अब राज्यले पनि ध्यान दिन सक्यो भने देशभित्रै रोजगारीको वातावरण सिर्जना हुनेमा जोड दिनुभयो । उहाँले विदेश जानुभन्दा स्वदेशभित्रै काम गर्ने वातावरण बन्न सक्यो भने देश समृद्ध हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्