विराटनगका उद्यागीको पदस्थापनमा अपमानको बिल्ला,यस्तो छ कारण

विराटनगका उद्यागीको पदस्थापनमा अपमानको बिल्ला,यस्तो छ कारण

विराटनगर, २२ असार । विराटनगरमा आज आयोजित कार्यक्रममा अनौठो खालको विवाद देखिएको छ । उद्योगीको कार्यक्रममा मरिहत्ते गरेर दौडिँदै जाने नेता, मन्त्री तथा सांसदहरुलाई आज भएको एउटा घटनाले उद्योगीको कार्यक्रम विवादित पार्ने षड्यन्त्र भएको छ । उद्योग संगठन मोरङको नव निर्वाचित समितिको पदस्थापनको लागि आयोजित औपचारिक समारोहका बिच नै एकजना सांसदले कार्यक्रम बहिस्कार गरेर हिँडेपछि कार्यक्रम खल्लो भएको थियो ।
पदस्थापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य र प्रदेश सरकारका मन्त्रीहरुको अपमान भएको निश्कर्ष निकालिएको थियो । पदीय मर्यादा ख्याल नगरी कार्यक्रमका अतिथीहरुलाई आसन ग्रहण गराउँदा प्रतिनिधिसभा सदस्य र प्रदेश सरकारका केही मन्त्रीहरुले कार्यक्रम नै बहिस्कार गरेर हिँडेपछि कार्यक्रम विवादित हुन पुगेको हो ।
मोरङ–सुनसरीका ठूला उद्योगहरुको छाता संगठनको रुपमा रहेको उद्योग संगठन मोरङले पहिलो पटक यसरी आफ्नो कमीकमजोरीलाई छारस्ट पारेको हो । जसबाट काग्रेंस नेता तथा सांसद डा. मिनेन्द रिजालले आक्रोश नै व्यक्त गरेका छन् । संगठनले आफूहरुको मान मर्दन गरेको भन्दै उनले कार्यक्रममा रहन नसक्ने बताएरै फर्किए ।
पदस्थापन कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथि थिए । त्यस्तै विशिष्ठ अतिथीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पनि उपस्थिती थियो । कार्यक्रममा प्रदेश सरकारका सबैमन्त्रीहरुलाई बोलाईएको थियो । तर आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पनि कार्यक्रममा थिए ।
मञ्चको पहिलो लहरमा सात वटा सिट राखिएकोमा अध्यक्ष भीम घिमिरे, प्रमुख अतिथि माधवकुमार नेपाल, विशिष्ट अतिथि लालबाबु पण्डितलाई आसन ग्रहण गराइएपछि अन्य चार जना उद्योगी व्यापारिहरुलाई राखिएको थियो । त्यसपछि मात्र प्रतिनिधिसभाका सांसद मिनेन्द्र रिजाल र प्रदेश सरकारका मन्त्रीहरुलाई बोलाइयो । उनीहरुलाई मञ्चको पछाडिको लहरमा राखियो ।
जसले अघिल्लो दिर्घामा बसिरहेका पूर्वप्रधानमन्त्री नेपाल तथा मन्त्री पण्डितलाई समेत असहज महशुस गराएको थियो । प्रदेश सरकारका एक जना मन्त्रीले भने ‘हामीलाई हरेक कार्यक्रममा बोलाउन जरुरी छैन, तर जहाँ बोलाइन्छ त्यहाँ कमसेकम मर्यादा ख्याल चैं गरिदिनुपर्छ । उनीरुले जानेरै यो गल्ती गरेको हो किनभने उनीहरु केन्द्र सरकारका महत्वपूर्ण व्यक्तित्वहरुलाई सबैभन्दा धेरै पटक ल्याएर कार्यक्रम गर्दै आएका छन् र विदेशि नियोगका व्यक्तिहरु पनि त्यहाँ बारम्वार आइरहने गर्छन् ।’ उद्योग संगठनका कार्यक्रममा डा. मिनेन्द्र रिजालले अपमानित महसुस गरेको यो दोस्रो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्