विरारटनगर विमानस्थल दलका नेता कार्यकर्ताले असुरक्षित, भिआईपीको सुरक्षा चुनौती

विरारटनगर विमानस्थल दलका नेता कार्यकर्ताले असुरक्षित, भिआईपीको सुरक्षा चुनौती

विराटनगर, २३ असार ।
विराटनगर बिमानस्थलको अति बिशिष्ट ब्यक्ति (भिआईपी) कक्षमा प्रयोग गरी जहाको ढोकैसम्म पुगेर नेता तथा मन्त्रीलाई स्वागत गर्ने परम्पराले सुरक्षा चुनौती बढाएको छ । बिमानस्थलको भिआईपी कक्ष विशिष्ट ब्यक्तिले प्रयोग गर्छन् । पछिल्लो समय राजनीति दलका नेता एवम् मन्त्रीको आगमन र विदाई गर्ने बेलामा दल निकट कार्यकर्ता जहाज अवतरणहुने धावन मार्गसम्म पुग्ने परिपाटीको विकास भएको छ । स्वागत तथा विदाई गर्न जाने कार्यकर्ता तथा आफन्तले बिराटनगर बिमानस्थलको सुरक्षा संवेदनशिलता बढाएको नागरिक उड्ययन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ निरौलाले बताए । उनले सुरक्षार्थ खटिएका प्रहरीको अनुरोधलाई समेत अटेर गर्दै दलका नेतथा तथा कार्यकर्ताले भिआईपी कक्षमा प्रवेश गरेर भित्रसम्म जाने परिपाटीले सुरक्षा चुनौती बढेको बताए । सिटौला जथाभाबी प्रवेश गर्ने रबैयाले मन्त्री तथा नेताकै लागि सुरक्षा खतरा बढेको बताउँछन् ।
काठमाडौँ, पोखरा पछिको ब्यस्त बिराटनगर विमानस्थलवाट बिभिन्न एयरलाएन्सका दैनिक दर्जन बढी उडान हुने गर्छन् । त्यसमा सवार मन्त्री तथा राजनीतिक दलका उच्च तहका नेताको आवत जावत समेत बाक्लै हुने गर्छ । तिनै नेतालाई लिन बिमानस्थल पुग्ने कार्यकर्ता विमानस्थलको निशेधित क्षेत्र नाघेर जहाज छेउ नै पुग्ने प्रचलन बढ्दै गएको छ ।
नागरिक उड्ययन प्राधिकरणले हवाई सुरक्षा ब्यवस्था नियमावलीमा प्रष्टसाथ सुरक्षाकर्मी तथा एयरपोर्ट सुरक्षा ब्यवस्था अधिकारीको अनुमती लिएर मात्र केही निश्चित ब्यक्ति निशेधित क्षेत्र भित्र पस्ने ब्यवस्थामा उल्लेख छ । तर उक्त सुरक्षा ब्यवस्थालाई चुनौती दिँदै राजनितीक दलका नेताको पहुँचको भरमा हुलका हुल कार्यकर्ता जहाज छेउमै पुग्दा समेत कसैले रोक्न सकेको देखिँदैन । यसले बिमानस्थलको सुरक्षा चुनौती बढाएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए । उद्घोषमा समाचार छ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्