विराटनगर महानगरपालिकाको नगरवासीप्रति हेपाहा प्रबृती, निजी सम्पत्ति जोगाउन सकस

विराटनगर महानगरपालिकाको नगरवासीप्रति हेपाहा प्रबृती, निजी सम्पत्ति जोगाउन सकस

प्रेम देवान,
विराटनगर २३ असार । विराटनगर महानगर भित्र अहिले विकास निर्माणका काम धमाधम भईरहेको छ । तर विकास गर्ने नाममा महानगरपालिकाका केही कर्मचारीको मनपरी देखिन थालेको छ । ब्यक्तिको सम्पतीको सुरक्षा गर्ने दायित्व राज्यको भएपनि पछिल्ला दिनका गतिबिधिले महानगर अर्थात स्थानीय सरकार नागरिकको सम्पती सुरक्षा भन्दापनि नष्ट पार्ने क्रममा उद्दत देखिएको छ । सडक र नाला बढाउने नाममा कतिपयको घर जग्गा नोक्सानी भईरहेको छ तर नगरवासी निरिह बनेर आफ्ना भवन भत्काए हेर्नु बाहेकको प्रतिकार गर्न सक्ने अबस्थामा छैनन् ।
विकास गर्नु राम्रो हो तर विकासको नाममा निजी सम्पत्ती माथी हस्तक्षेप गरेर नोक्सानी गर्ने अधिकार कसैलाई पनि नभएको नगरवासी बताउँछन् । यसरी नगरवासीको आक्रोश बढ्नुको कारण विराटनगर ६ बस्ने विजयपद्म मल्लको निर्माण गरिदै गरेको घरको पेटी नगरपालिकाले भत्काएपछि देखिएको हो ।
महानगरपालिकाका कर्मचारीहरु सहितको आएको डोजरले मल्लको बनाउदै गरेको घरमा भत्काएको हो । मल्ल भन्छन् ‘यस आघि महानगरपालिकाका ईन्जिनियर र अमिनले आएर नक्सा नक्सा पास गरेको भए पनि फेरी अचानक घरको पेटी भत्काए ’ । विहान म पुग्दा भर्खरै बनाउदै गरेको घरको पेटी धमाधम भत्काउदै थिए मैले तत्काल रोक्न आग्रह गरेँ तर मानेनन् ।’
करिब ४ कठ्ठामा रहेको जमिनमा बनाउदै गरेको सटर सहितको घरको पेटीमा क्षति पुर्याएको मल्लले बताए । रोड र नालाको निम्ती भनेर ६ फिट छोडेको तर पनि केही कर्मचारी र स्थानियवासीको पुर्वाग्रही सोचले घर भत्काईएको आरोप लगाए । यसको क्षतिपुर्ती महानगरले दिनुपर्ने उनको माग छ । पीडित मल्ल विराटनगर वडा ६ का वडा अध्यक्ष विजय कामतसँग पनि यस विषयमा बुझ्न गए तर आफूले नगरेको भन्दै फर्काई दिए । उनी भन्छन् ‘आफ्नै सम्पत्ती जोगाउन पनि हम्मे भईसक्यो ।’
नगर सफा गर्न डोजर
सरसफाई अभियानमा विराटनगरका महानगरपालीका वडा नम्बर ६ का वडा अध्यक्ष विजय कामत लगायत नगर प्रहरीको पनि उपस्थित रहेको थियो । स्थानियबासीले वडा नम्बर ६ र नगरपालिकामा दिएको उजुरीको आधारमा भत्काईएको हुन सक्ने वडा अध्यक्ष विजय कामतले आवर विराटनगर बताए । २० फुटको बाटोको निर्माण गर्नुपर्ने भन्दै दिएको निवेदनको आधारमा भत्काएको हुन सक्ने कामतको भनाई छ । उता नगर रक्षकका सई रेवत दुलालले नाला तथा फोहोर मैला सफा गर्न जादाँ सडकको बिचमा देखिएका कारण स्थानिय र नगरपालिकाले नै भत्काईएको स्वीकार गरे । ‘तर पछि हामीले बुझ्दा गलत स्थानमा डोजर लगाईएको रहेछ उनले भने, ‘हामी तत्काल त्यो काम बन्द गर्यौ ।’
मल्ल त एक उदाहरण मात्र हुन विराटनगरवासीका अधिकांशको घरमा डाजर चन्ल थालेको ५ बर्ष पुग्न लागिसकेको छ । तर विकासको नाममा अहिलेसम्म गती लिएको छैन । भत्काइएको सडकको अवस्था लथालिङग छ । सर्वसाधरणलाई दैनिकी कष्टकर छ आखिर कहिले सम्म पाउने नगरबासीले दु.ख ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्