ब्यवसाय संचालनकालागि महानगरको सरल ब्याजदरमा ऋण दिने योजना

ब्यवसाय संचालनकालागि महानगरको सरल  ब्याजदरमा ऋण दिने योजना

विराटानगर, २३ असार । विराटनगर १६ मा रहेका महिलाहरुको लागि जुत्ती–चप्पल बनाउने तालिम सम्पन्न गरेको छ । सयपत्री महिला सेवा केन्द्र विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा १५ दिने तालिम सम्पन्न भएको हो ।
वडा नम्बर १६ का १८ जना महिलाहरुका लागि १५ दिने जुत्ती चप्पल बनाउने तालिम प्र्रदान गरिएको सयपत्री महिला सेवा केन्द्रकी अध्यक्ष मञ्जु चापागाईले जानकारी दिईन् । घरमा त्यसै बसिरहेका गृहणी महिलाहरुकोलागि सिप सिकेर आफै पनि यस्ता व्यावसाय गर्न टेवा मिलोस् भनेर महिलाहरुलाई तालिम प्रदान गरिएको उनले बताईन् ।
तालिमपछि समापन कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सहभागीलाई प्रमाण–पत्र वितरण गर्दै महिला, युवा तथा सिमान्तकृतको लागि सरल ब्याजदरमा ऋणको ब्यवस्था गरिने आश्वासन दिए । उनले अहिले महानगरपालिकाका ११ वटा वडामा सहकारी संचालमा आईसकेकोले प्रत्यक सहकारीलाई ५ लाखका दरले रकम प्रदान गरिने र त्यसैबाट सुलभ दरमा ऋण प्रवाह गरिने बताए । उनले बाँकी वडाहरुमा पनि सहकारी महानगरले नै संचालनमा ल्याउने तयारी गरिरहेकोले त्यही सहकारी मार्फत ऋण प्रवाह गर्ने तयारी महानगरको भएको बताए । कार्यक्रममा बिराटनगर महानगरपालिकाकी उप मेयर ईन्दीरा कार्कीले महिलाहरुका लागि प्रसस्तै कार्यक्रमहरु ल्याईएको जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्