मोरङमा ११ महिनामा एक सय ३ जनामो मृत्यु, २ करोड ६० लाख राजश्व संकलन

मोरङमा ११ महिनामा एक सय ३ जनामो मृत्यु, २ करोड ६० लाख राजश्व संकलन

विराटनगर, २४ असार । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले चालु आर्थिक बर्षको ११ महिनामा २ करोड ६० लाख ९३ हजार जरिवाना संकलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक २०७३÷०७४को भन्दा ६१ लाख २७ हजार बढी जरिवाना संकलन गरेको हो । आर्थिक बर्ष २०७४÷७५ मा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनबाट सो जरिवाना संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कायाृलय मोरङले जनाएको छ । चालु आर्थिक बर्षमा बढी ट्राफिक नियम उल्लंघन गरेको भन्दै मोरङ ट्राफिकले १६ हजार ७ सय ६३ वटा मोटरसाईकललाई कार्वाही गरी एक करोड १ लाख ९० हजार पाँच सय जरिवाना संकलन गरेको छ ।
बर्षभरीमा मोरङ ट्राफिकले ट्राफिक नियम उल्लंघन गरेको ४७ हजार ७ सय ६८ वटा सवारीसाधनलाई कार्वाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । त्यस्तै मोरङ ट्राफिकले ६ हजार ७ सय ४ वटा ट्रक कार्वाही गर्दा ३४ लाख ६१ हजार संकलन गरेको, ३ हजार ६ सय २६ बस कार्वाही गर्दा १९ लाख, १ हजार २ सय ३३ वटा कार, जीप र भ्यानलाई कार्वाही गर्दा ५२ लाख ४६ हजार जरिवाना संकलन गरेको पोखरेलले जानकारी दिए ।
४ हजार ४ सय ९३ ट्याक्टर कार्वाही गर्दा ३४ लाख ९६ हजार जरिवाना संकलन गरेको छ । त्यस्तै ५ हजार ५ य ४९ अन्य सवारी साधनलाई ट्राफिक नियमको उल्लंघन गरेमा २७ लाख ९८ हजार जरिवाना संलन गरेको छ । मोरङमा ६ सय ९१ वटा दुर्घटना हुँदा एक सय ३ जनाको मृत्यु् भएको ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङमा सबैभन्दा बढी मोटरसाईकल दुर्घटना हुने गरेको छ । चालु आर्थिक बर्षमा ३ सय ४७ वटा मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेमा पुरुष नै बढी रहने गरेको पाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्