१६ वर्षीया किशोरीलार्इ मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

१६ वर्षीया किशोरीलार्इ मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

बुटवल (रासस)। रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ ।

आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २:३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल पुर्याइएको थियो । समीक्षाको  शरीरमा बाबु तेजबहादुर ठकुरीसहित घर परिवारका अन्य सदस्यले मट्टितेल छर्केर आगो लगाएर हत्या गरिएको आरोप उनकी आमा माया थापाले लगाइन् ।

समीक्षाको मृत्युपश्चात मृतककी आमा माया थापाले इलाका प्रहरी कार्यालय सालझण्डीमा ३४ वर्षीय बाबु तेजबहादुर, हजुरआमा ६४ वर्षीया हरिकला र बुटवल उपमहानगरपालिका– २ बस्ने फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिपेश बस्यालले जानकारी दिए ।

उनीहरुमध्ये मधु घटनाको राति मृतक माइतीमा बसेकी थिइन् भने अमृता भने नरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै उनलाई उपचारार्थ लुम्बिनी अञ्चल अस्पताल बुटवल हुँदै मिसन अस्पताल पाल्पा र अन्तमा कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा यही असार २० गते बिहान ज्यान गएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक समीक्षा जन्मिएको नौ महिनामा आमा मायाले दोस्रो विवाह गरेपछि उनी आमासँग र मावलीमा बस्दै आएकी थिइन् । उनी विगत ६ महिनाअघि मात्र आफ्ना परिवारसँग बस्न थालेकी हुन् । उनी स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत् थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्