रौतहटमा गोली चल्यो , एक व्यक्ति घाइते

रौतहटमा गोली चल्यो , एक व्यक्ति घाइते

रौतहट, असार २४ । अज्ञात समूहले प्रहार गरेको गोली लागेर रौतहटमा एक व्यक्ति घाइते भएका छन् ।

सुवर्णपुर नगरपालिकाका किशोरी साह कानुमाथि देवाही गोनाही नगरपालिका–४ स्थित बकैया खोला किनारमा गएराति गोली प्रहार भएको हो ।

ससुराली जाँदै गरेका साह माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

उनले चढेको ना. ३५ प २१७२ नम्बरको मोटरसाइकल पनि सो समूहले लुटेर लगेको भए पनि प्रहरीले बरामद गरेको बताइएको छ ।

गोली लागेर घाइते भएका साहको गौर अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्