बिराटनगरमा मिडियाकर्मी बीच मैत्रीपूर्ण “मिडिया फुटसल कप” हुने

बिराटनगरमा मिडियाकर्मी बीच मैत्रीपूर्ण “मिडिया फुटसल कप” हुने

बिराटनगर असार २४ , सधै पत्रिका,एफएम वा टेलिभिजनको पर्दामा समाचार तथा बिभिन्न जनचेतनामुलक सामग्री प्रस्तुत गर्ने पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् ।

बिराटनगरमा असार ३० गते आयोजना हुने "मिडिया फुटसल कप" मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच मैत्रीपूर्ण खेल हुनेछ । 

रसियामा जारीरहेको विश्वकपको रौनक बढाउन तथा मिडियाकर्मी बिच सम्बन्ध प्रगाढ बनाउन ओबी मिडिया प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको प्रबन्ध निर्देशक बिबेक दाहालले  जानकारी दिए । प्रतियोगिताको सहयोगीको रुपमा नेपाल पत्रकार महासंघ मोरङ रहेको छ ।

शनिबार बिहान ७ बजेदेखि उक्त मिडिया कप प्रतियोगिता बिराटनगरको हिट एण्ड ह्याङ आउट फुटसलमा संचालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्