बाढी पहिरोसँगै सरुवा रोगको जोखिम

बाढी पहिरोसँगै सरुवा रोगको जोखिम

काठमाडौं । बाढी पहिरोपछि सरुवा रोगको संक्रमण हुन सक्ने डाक्टरले बताएका छन् । बाढीपहिरो पछि लेप्टोइ पाइरोसिस रोगको जोखिम हुने सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।  उहाँका अनुसार लेप्टोइ पाइरोसिस रोग संक्रमित जनावरको पिसाबबाट सर्ने गर्दछ । यो पानी तथा माटोमा हप्तौं वा महिनौंसम्म पनि रहने गर्दछ । मानिसले संक्रमित पिसाब मिसिएको पानी वा माटोको सम्पर्कमा आएमा यो रोग सर्ने डाक्टर पुनले बताउनुभयो ।

शरीरमा घाउ भएको वा छाला काटिएर खुल्ला भए वा संक्रमित पानी पिएमा लेप्टोइः पाइरोसिस रोग लाग्ने उहाँले बताउनुभयो । यो रोगको लक्षण टाइफाइडसँग मिल्दोजुल्दो हुने पनि उहाँले बताउनुभयो । काम ज्वरो आउनु, टाउको दुख्नु, मांशपेशीका तथा जोर्नी दुख्नु, आँखा रातो हुनु, पेट दुख्नु, पखाला लाग्नु र शरीरमा बिमिरा देखिनु यो रोगको लक्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्