अपडेट-महेन्द्र मोरङमा फेरी लफाडा, बिद्यार्थीले क्याम्पस प्रमुख सहित ४ जना थुने

अपडेट-महेन्द्र मोरङमा फेरी लफाडा, बिद्यार्थीले क्याम्पस प्रमुख सहित ४ जना थुने

प्रेम देवान,
विराटनगर, २४ असार । पुर्वाञ्चलको एउटा शैक्षिक धरोहर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिभिन्न कारणले विवादबाट अछुतो हुन सकेको छैन । अहिले संघियता कायान्वयनमा जाँदासम्मपनि बिभिन्न समयमा देखिने आन्दोलनले थप तहस–नहस भई सकेको छ ।
कहिले विद्यार्थीले त कहिले कर्मचारी अनि प्राध्यापकको कारण क्याम्पसमा पटक–पटक विवादमा आई रहेको छ । आईतबार पनि त्यस्तै प्रबृती फेरी दोहोरिएको छ । आज एकहुल विद्यार्थीले क्याम्पस प्रमुख सहित ४ जनालाई क्याम्पस प्रमुखको सभाकक्षमा थुनेर तालाबन्दी गरेका छन् ।
विद्यार्थी संगठनले यस अघि राख्दै आएको मागको बिषयमा सुनुवाई नभएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन । विद्यार्थीहरुले महेन्द्र मोरङ क्याम्पसको क्याम्पस प्रमुख बाबुराम तिम्सीना , सामान्य प्रशासन शाखाका प्रमुख गुदरप्रसाद यादव, सहायक क्याम्पस प्रमुख तारा प्र यादव, मोहन कुमार श्रेष्ठ, शुशिल अधिकारीलाई क्याम्पस प्रमुखको सभाकक्षमा बाहिरबाट ताल्चा लगाएर थुनेका छन् ।
गत असार २१ गते बिद्यार्थीले लगाएको ताला विद्यार्थी संगठनलाई नसोधी क्याम्पस प्रशासनले खोलेको आक्रोश बिद्यार्थीको छ । त्यस्तै विद्यार्थीहरुले एम.पिएमा गरिएको शुल्क वृद्धी खारेज गरी विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, क्याम्पसमा हाजिरमात्र गरी तलव खाने प्राध्यापकको दरबन्दी खारेज गर्नु पर्ने, विविए संकायको दलिय भागवण्डाको आधारमा नभई स्वच्छ प्रतिस्पधाको आधारमा नियुक्त गर्नुपर्ने लगायतका ८ बुँदे माग विद्यार्थीको थियो ।
माग सम्वोधन नहुँदासम्म क्याम्पस प्रमुखलाई कलेजमा नै थुन्ने अनेरास्ववियुका अध्यक्ष नविन पहाडीले बताए । क्याम्पसमा विद्यार्थीहरुको पढाईलाई कुनै असर नगरी क्याम्पस प्रशासनलाई मात्र दवाव दिएर क्याम्पसमा तालाबन्दी गरिएको महेन्द्र मोरङ क्याम्पस विराटनगरका अखिल क्रान्तिकारीका अध्यक्ष अभिमन्यू यादवले बताए ।
यस बारेमा क्याम्पस प्रमुख बाबुराम तिम्सीनाले कुनै प्रतिक्रिया दिन चाहेनन् । यस विषयमा आवर विराटनगर डट नेटले सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्