विराटनगरको ट्राफिकचोकदेखि जलजला मोडसम्म पार्किङ्ग निषेध, मोटरसाईकललाई वान–वे हट्यो

विराटनगरको ट्राफिकचोकदेखि जलजला मोडसम्म पार्किङ्ग निषेध, मोटरसाईकललाई वान–वे हट्यो

विराटनगर, २४ असार ।
विराटनगर महानगर भित्रको ट्राफिक समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक, यातायत व्यवसायी, उद्योगी लगायत सरोकारवाला सम्बद्धसंग आइतवार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो ।
विराटनगरको ट्राफिक चोकदेखि जलजलामोडसम्म मेनरोडमा दुवै तर्फ पार्किङ्ग निषेध गरिनुका साथै ए–प्लट , वि–प्लट र नमस्कार होटल अगाडीको भागमा पार्किङ्ग गर्न दिइने भएको छ । बुधहाटचौक हनुमान मन्दिर देखि जलजला मोडसम्म लाग्दै आएको वान–वे मा दुइपाङग्रे सवारी साधनलाई आवज जावतमा खुल्ला गरिने भएको छ ।
यस्तै अन्य सवारीसाधनको हकमा वान वे यथावत रहने छ । यस्तै वडाप्रहरी कार्यालय (क) देखि जलजला मोडसम्मको सडकमा समेत एकतर्फी पार्किङ्गको व्यवस्था गरिने निर्णय भएको छ । महानगरका मेयर भीम पराजुलीले ट्राफिक संगको सहकार्यमा महानगरले जनमुखी कार्यलाई निरन्तरता दिने बताए । उनले महानगर भित्रको ट्राफिक व्यवस्थापनलाई साउन १ गतेदेखि पूर्ण कार्यन्वयनमा ल्याउने जानकारी दिए । जिल्ला ट्राफिकका प्रहरी निरीक्षक शिव पोखरेलले ट्राफिक व्यवस्थापनमा केही नयाँपन दिन आफु लागिपरेको बताए ।
पोखरेलले जिल्लाभरी आफुले ट्राफिकको समस्या पहिचान गरी समाधानका लागि अगाडी वढेको बताए । महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल , मोरङ व्यपार संघका अध्यक्ष पवन सारडा, उद्योगी नविन रिजाल, जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक निशान थापा, विराटव्यपार संघका सुजन थापा, पूर्व नेपाल यातायत व्यवसायी संघका धर्मदेव साह लगायतले ट्राफिक व्यवस्थापन र सहजताका विषयमा सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्