विराटनगर भन्सारले राजश्वको लक्ष्य भेट्यो, असार २० गतेसम्म ३१ अर्ब ४९ करोड संकलन

विराटनगर भन्सारले राजश्वको लक्ष्य भेट्यो, असार २० गतेसम्म ३१ अर्ब ४९ करोड संकलन

विराटनगर, २५ असार ।
आर्थिक बर्ष समाप्त हुनुभन्दा दुई साता अगाडी बिराटनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७४÷०७५ को राजश्वको लक्ष्य पुरा गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको कुल लक्ष्य ३१ अर्ब २४ करोड ४८ लाख रहेकोमा असार २० गते भित्र ३१ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन भईसकेको छ । देश अन्य भन्सार कार्यालयले बार्षिक राजश्वको लक्ष्य भेट्न नसकिरहेको बेला बिराटनगर कार्यालयले असार मसान्त भन्दा २ महिना अघि बाजी मारेको हो ।
कार्यालयले गत आथिएक बर्ष २०७३÷०७४ मा राजश्वको लक्ष्य प्राप्त गर्न सकेको थिएन । सो आर्थिक बर्षमा २५ अर्ब ८० करोड ४० लाखको लक्ष्यमा कार्यालयले २४ अर्ब ८४ करोड ९९ लाख असुली गरेको थियो । साउन लागेपछि विभागले बिराटनगर भन्सारको लक्ष्य संशोधन गर्दै १ अर्ब ५० करोड घटाएको थियो । यसरी शंसोधन गरेर २४ अर्ब ३० करोड बनाएको थियो । चालु आर्थिक बर्षमा भने लक्ष्य शंसोधन र समायोजन केही नगरी लक्ष्य हाँसिल भएको कार्यालयको दावी छ । बाढीका कारण मिरगंजको पुल भत्किएर चालु आर्थिक बर्षको गत साउन २८ देखि जेठ महिनासम्म पैठारीमा समस्या उत्पन्न भएपनि राजश्वको लक्ष्य पुरा हुनु उपलब्धिपुर्ण भएको भन्सारको भनाई छ । कार्यालयले चालु आर्थिक बर्षमा भन्सार महसुललाई १३ अर्ब २२ करोड मुल्य अभिबृद्धी कर १६ अर्ब ९० करोड र अन्तशुल्क १ अर्ब ३७ करोड ६० लाख संकलन गरेकोछ ।
गत आर्थिक बर्षमा विराटनगर भन्सारको राजश्व संकलनमा सबेभन्दा बढी योगदान मोटरसाईकलले गरेको , चालु आर्थिक बर्षमा हाईस्पीड डिजेलले गरेको छ । चालु अथिर्एक बर्षको जेठ मसान्तसम्ममा हाईस्पीडको डिजेलको पैठारीबाट २ अर्ब ७ करोड रुपैयाँ असुली भएको छ । गत आर्थिक बर्षमा राजश्व योगदानमा पहिलो हुने मोटरसाईकल चालु आर्थिक बर्षमा तेश्रो भएको छ । आर्थिक बर्षमा हाई स्पीड डिजेलपछि चिनीले सबैभन्दा बढी राजश्व दिएको छ । चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कार्यालयले १ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ असुली गरेको छ । कार्यालयका अनुसार चिनी पछि मोटरसाईकलबाट १ अर्ब ३२ करोड ७० लाख, सिआरसिटबाट १ अर्ब १९ करोड, पेट्रोलबाट १ अर्ब १८ करोड, एमएसविलेटबाट १ अर्ब ११ करोड रुपैयाँ राजश्व असुली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्