विराटनगरको संजिवनी अस्पताल प्रशासनद्धारा बिरामीको स्वाथ्यमा खेलवाड, डाक्टरलाई मर्यादा नाघ्न दवाव

विराटनगरको संजिवनी अस्पताल प्रशासनद्धारा बिरामीको स्वाथ्यमा खेलवाड, डाक्टरलाई मर्यादा नाघ्न दवाव

विराटनगर, २५ असार ।
विराटनगरमा रहेको संजीवनी अस्पतालमा प्रशासनले चिकित्सकको मर्यादा विपरितका कार्यमा संलग्न गराउन खोजेको आरोप लागेको छ । अस्पताल प्रशासनले अस्पतालले अन्यत्र रेफर गर्नुपर्ने केशपनि रेफर गर्न नदिने गरेको बाहिर आएको हो ।
उपचारका लागि आएका विरामीलाई उपचार हुन नसक्ने अबस्थामा पनि अन्यत्र रेफर गर्न नदिने गरेको चिकित्सकले नै आरोप लगाएका छन् । संजीवनी अस्पताल एण्ड आईभीएफ रिसर्च सेन्टरमा बिगत २ बर्ष देखि काम गर्दै आएका डा. आलोक राय सहितका मेडिकल अफिसरलाई अस्पतालमा आएका बिरामीलाई अन्यत्र रिफर गर्न अस्पताल प्रशासनले नदिने गरेको भन्दै नेपाल चिकित्सक संघमा निवेदन परेको थियो । त्यसैको आधारमा अस्पताल भित्रका अस्पताल संचालकबाट हुने अबैध धन्दाको बिषय बाहिर आएको हो । अस्पतालमा बिगत १० दिन देखि नयाँ ब्यवस्थापन आएपछि अस्पतलको धन्दा परिवर्तन भएको छ । बिरामीलाई अस्पतालले दिने सेवा सुबिधाको ख्यालै नगरी बिरामीको स्वास्थ्य प्रति खेलवाड गर्दै नभएको सेवा दिन्छु भन्दै बिरामी लुट्ने प्रचलन यो घटनाबाट बाहिर आएको छ ।
बिरामीको स्वास्थ्य प्रति अस्पताल प्रशासनले खेलवाड गर्न खोजेपछि चिकित्सक रायले गत असार १९ गते अस्पतालमा भर्ना हुन आइएका झापाका रुरुमायाँ मगरको उपचार हुन नसक्ने भन्दै अन्यत्र लग्न भनेका थिए ।
रुरुको समस्याको बिषयमा त्यहाँ उपचार नहुने भएपछि उनलाई अन्यत्रै जान सल्लाह दिएको डाक्टररायले मेडिकल एशोसियशनमा दिएको निवेदनमा उल्लेख गरिएको छ । उनले बिरामीलाई दिएको सल्लाहकै बिषयलाई लिएर डाक्टर रायलाई अस्पताल प्रशासनले असार २० गते अवकाश पत्र दिई बिरामी अन्यत्रै गएकोले सोबाट हुने आम्दानी ५० हजार जरिवाना समेत गराएको रायले जानकारी दिए ।
अस्पतालबाट निश्काशन गर्ने बारेमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक कम्लेश कर्णले चिठी दिएपछि रायले यो बारेमा नेपाल मेडिकल एशोसिएशनमा निवेदन दर्ता गराएका हुन् । डाक्टर रायले भने, म र मेडिकल अफिसरहरुलाई डाक्टरको मर्यादा विपरित काम गर्न लगाउन खोजेका थिए हामीलाई हाम्रो मर्यादाले नदिने भएपछि अस्पताल संचालकबाट जरिवाना सहितको पत्र आयो ।’
चिकित्सकलाई यसरी मर्यादा विपरितको कार्य गर्न लगाउनेमा अस्पताल संचालक समितिका अध्यक्ष राजकुमार मण्डल र कार्यकारी निर्देशक कम्लेश कर्णको हात रहेको छ । नेपाल चिकित्सक संघले घटनाको बिषयमा अस्पताल संचालक, पीडित डाक्टर र पत्र दिने कम्लेश कर्णलाई समेत सँगै राखेर छलफल गरेको चिकित्सक संघका अध्यक्ष फरवार्ड सिलवालले बताए । उनले अस्पताल प्रशासनको तर्फकाट गलत भएको जानकारी दिँदै आईन्दा यस्ता गल्ती नदोहोर्याउने भन्दै कर्णले माफी मागेको र कार्वाहीको बिषयमा अस्पताल प्रशासनले प्रक्रिया अगाडी बढाउने सहमती भएको बताए ।
कर्णले आवेगमा आएर चिठी काटेको भन्दै त्यसको बारेमा अस्पताल ब्यवस्थापन समितिले बचाउ गरेको छ । संस्थागत रुपमा गल्ती गरेको भन्दै गल्ती स्वीकार गरेको छ । तर बिरामीको स्वास्थ्यमा खेलवाडल गर्ने अस्पतालका कार्यकारी निर्देशक कर्णलाई कार्वाहीको माग उठेको छ ।
कलेजो बिग्रिएको, किड्नीमा समस्या भएको, खाना जाने नलीमा नसा फुटेर रगत आउने (क्रोनिक लिभर डिजीज तथा हेपाटोरिनलसिन्ड्रम असोफेजियल भेरिसेस) समस्या रहेको थियो । यसमा उनको यो रगत आउने नसा बाँधेर बन्द गर्नु पर्ने अबस्थाको रहेकोमा यो उपचार यो अस्पतालमा संभव नभएको चिकित्सक बताउँछन् । तर अस्पताल प्रशासनले बिरामीलाई उपचार गराउन सकिने भन्दै चिकित्सकलाई बिरामी फिर्ता गरेको बिषयमा विवाद झिकेका थिए । तर चिकित्कस राय भन्छन्, ‘बिरामी राख्न समस्या थिएन तर ति बिरामीलाई हामीले लिएको भए अर्को दिन ज्यान जाने खतरा थियो ।’संजीवनी अस्पतालको यो घटनाले अस्पताल संचालकबाट हुने भित्री खोलको पर्दा खुलेको छ । उपचार नै हुन नसक्ने बिरामीलाई पनि अस्पतालमा उपचार गर्छौ भन्दै सर्बसाधारणको उपचार पनि नहुने र पैसापनि अनाहकमा गुमाउनु पर्ने बाध्यता आम नागरिकमा पछिल्लो समय देखिँदै जान थालेको छ । रुरुमा देखिएको समस्या बिराटनगरका कुनै पनि अस्पतालमा उपचार गर्ने प्रबिधि नभएको बताईनछ । एक नम्बर प्रदेशमा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाहेक कुनैले पनि उपचार गर्न प्रबिधि नभएको चिकित्सकको दावी छ ।
यस बारेमा अस्पताल संचालक राजेश प्रसाईले अस्पतालबाट पनि केही कमी कमजोरी भएको स्वीकार गरेका छन् । उनले चिकित्सक संघसँग बसेर छलफल वार्ता मिलिसकेको बताए । ‘म बाहिर थिएँ यस बारेमा मलाई पनि आज मात्र जानकारी भएको हो, उनले भने, मलाई जानकारीमा आए अनुसार अस्पताल प्रशासनबाट पनि केही सुधार गर्नुपर्ने देखियो ।’ यस बारेमा कमलेश कर्णलाई टेलिफोनगरी जानकारी लिन खोज्दा उनले फोन उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्