प्राबिधिक शिक्षाले रोजगारीको अबसर प्रदान गर्ने बारेमा ईटहरीमा छलफल

प्राबिधिक शिक्षाले रोजगारीको अबसर प्रदान गर्ने बारेमा ईटहरीमा छलफल

ईटहरी, २५ असार ।
प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ ईटहरीमा सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद (सिटिईभिटी), फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र निजि प्राविधिक शिक्षालय महासंघको सहभागितामा १ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिउको हो । सहभागितामुलक १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद इटहरीका प्रमुख डा. शिब दाहालले प्राविधिक शिक्षा आजको आवश्यकता र महत्वको तथा जिज्ञासा को बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै न्यूरो हेल्थ कलेजका प्रमुख टिकाप्रसाद निरौला र नोबेल मेडिकल कलेजका कार्यक्रम संयोजक बिगु चौधरीले प्राविधिक शिक्षाले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
अहिले प्राबिधिक शिक्षाको आवश्यकता तथा कसरी प्राविधिक शिक्षाको ज्ञान आर्जन गर्न सकिन्छ भन्ने बारेमा सहभागिहरुको जानकारी दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट पद बहालीको क्रममा आगामी २ बर्ष भित्रमा प्रत्येक स्थानीय तहमा सिटिईभिटिबाट मान्यता प्राप्त शिक्षालय स्थापना गरी धेरैभन्दा धेरै विद्यार्थीहरुलाई प्राविधिक शिक्षाको मुल धारमा समाहित गर्ने कार्यक्रमलाई सफल बनाउन प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ ल्याईएको जानकारी दिएका थिए । निजि तथा प्राविधिक शिक्षालय महासंघका प्रदेश नं. १ का अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भगवान झाले एक घर एक प्राविधिक, प्राविधिक शिक्षामा गुणस्तरियता, सिप सिकौं सम्मानित बनौं भन्दै रोजगारीको अबसर सिर्जना गर्ने माध्याम प्राबिधिक शिक्षा भएकोमा जोड दिए । आदि नारामा अध्यक्षले बडि जोड दिएका थिए ।
कार्यक्रममा फोरम फर टेक्निकल फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स प्रतिनिधि तथा कोशि हेल्थ इन्स्टिच्युटका संचालक बिकास अधिकारी, विराट हेल्थ कलेजका प्रमुख अजय दास, गोल्डेन पार्क कलेजक संचालक रमेश खत्री लगायतले आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्