च्याउ खाँदा ६ जना बिरामी

<span class='c1'>च्याउ खाँदा ६</span> <span class='c2'>जना बिरामी</span>

दाङ,२५ असार ।  यहाँ जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् । तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

डाँगीको हाल बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । आइतबार बेलुका च्याउ खाएलगतै बेहोस भएकी बालिकाको आज बिहानसम्म पनि होस खुल्न नसकेको भन्ने खबर आएको प्रहरीले बताएको छ ।
कोहलपुरमै उपचार गराइरहेकी सोही ठाउँ निवासी ४० वर्षीया हिमा डाँगीको अवस्था भने सामान्य बन्दै गएको छ । च्याउ खाएर बिरामी परेकामध्ये घोराही– ९ दुबिचौर निवासी थप चारजना भने राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको उपचारपछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय जंगलबाट टिपेर ल्याएको च्याउ आइतबार बेलुका पकाएर खाएलगत्तै उनीहरु सबै बिरामी परेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्