झापामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु 

झापामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु 

झापा, असार २६ ।

झापाको बेग्लाबेग्लै स्थानमा गएराती भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। झापा बाह्रदशी-६ डाँगीबारी भित्री सडकमा मे १ प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक अन्दाजी ४० वर्षीय सेनकुवा राजवंशीको मृत्यु भएको छ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले कुकुरलाई जोगाउन खोज्दा राती ११ बजेतिर दुर्घटना हुँदा राजवंशीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारार्थ बिएनसी अस्पताल लगिएकोमा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहको छ।
यसैगरी झापा शिवसतासी-८ झिलझिलेमा मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएर भारत बिरपुर घर भई झापा शिवसतासी ८ झिलझिले चोकस्थित समिर ग्यारेजमा मिस्त्री काम गर्ने १९ वर्षीय मोहमद सहनीको मृत्यु भएको छ।

सहनीलाई राती ९ बजे बाटो काट्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रि सहनीको उपचारका क्रममा विएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेल जनाएको छ।

ठक्कर दिने मोटरसाइकलका चालक शिवसतासी-८ बस्ने रोजल गजमेरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्