विपद्का कारण दुईहप्ताको अवधिमा देशभर ४५ जनाको मृत्यु

विपद्का कारण दुईहप्ताको अवधिमा देशभर ४५ जनाको मृत्यु

काठमाडौंँ, असार २६। विपद्का कारण दुईहप्ताको अवधिमा देशभर ४५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो, डुबान तथा आगलागी जस्ता विपदमा परी ४५ जनाको मृत्यु भएको हो ।
गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार, यही महिनाको ८ गतेदेखि २५ गते सम्ममा विपदमा परेर २० जना घाइते भएका छन् भने नौ जना बेपत्ता छन् ।
मनसुन परिवर्तन भएसँंगै निरन्तरको वर्षाका कारण घर भत्केर, बाढीमा बगेर, पहिरोमा पुरिएर, नदीमा डुबेर, नदीले बगाएरे मृत्यु भएको महाशाखाले जनाएको छ ।
विपद महाशाखाका अनुसार, विभिन्न किसिमको विपदबाट कैलाली, वर्दिया, बाँके, दाङ, रोल्पा, चितवन, मकवानपुर, तनहुँ, काठमाडौँ, वारा, पर्सा, सर्लाही, सिराह, महोत्तरी, सिन्धुली र उदयपुर जिल्लाका बासिन्दा प्रभावित भएका छन् ।
त्यस्तैं, काभ्रे, नुवाकोट, कास्की, ताप्लेजुङ, रौतहट, मोरङ, कन्चनपुर, कालिकोट, सिन्धुपाल्चोक, धादिङ, सुनसरी, सप्तरी, प्युठान, नवलपरासी पश्चिम, नवलपरासी सुस्ता, धनकुटा र झापा जिल्ला पनि प्रभावित भएका छन् ।
ती जिल्लाहरूमा विपदको जोखिम न्यून गर्न स्थानीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक सुरक्षा तयारी र विपद ब्यवस्थापनको तयारी भइरहेको महाशाखाका प्रमुख सहसचिव केदार न्यौपानेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्