कपिलवस्तुमा १५ महिने बाच्छीले दूध दिन थालेपछी सबै अचम्मित !

कपिलवस्तुमा १५ महिने बाच्छीले दूध दिन थालेपछी सबै अचम्मित !

बिनोद भट्टराई

कपिलबस्तु, असार २६ । कपिलवस्तुका एक किसानले पालेको १५ महिने बाच्छीले दूध दिन थालेको छ ।

१५ महिने बाच्छीले दूध दिन थालेपछि यति बेला पशु चिकित्सक मात्र होइन सर्वसाधारण समेत अचम्ममा परेका छन् ।

किसान मात्र होईन पशु चिकित्सक पनि हैरानीमा छन् । कारण हो, कपिलवस्तु वाणगंगा नगरपालिका–८ चप्पर गाउँमा १५ महिने बाच्छीले दुध दिएको घटना ।

१५ महिने बाच्छीले दुहेरै बाल्टी भरी दूध भरेको देखाएपछि घटनाको यथार्थ बाहिर आएको हो ।

१६ दिनदेखि दुध दुहुँदै आएका चप्परगाउँका किसान बिष्णु पौडेलले सुरुमा खान डराए पनि स्वादमा फरक नभएपछि आफूहरुले बाच्छीकै दुध खाइरहेको बताए ।

गाईले जुम्ल्याहा बाच्छाबाच्छी जन्माएको घटना त सुनेको र देखेकै थियौँ, तर १५ महिने बाच्छी, त्यो पनि प्रजनन कार्य नभएको बाच्छीले दुध दिएको सुन्दा छक्क परेको स्थानीय बताउँछन् ।

हार्मोनको अनुपात बढी भएका कारण गर्भधारण गरेको ३ महिनामा यसरी बाच्छीले बिहान बेलुका दूध दिएको अनुमान पशु प्राविधिक पदम घिमिरेको छ ।

आफु १८ वर्ष पशु सेवामा लाग्दा अहिलेसम्म यस्तो घटना कहिल्यै थाहा नपाएको घिमिरे बताउँछन् ।

बाच्छीले दूध दिएको थाहा भएपछि दूधको ल्याव टेष्ट समेत भएको छ । ल्याव टेष्ट गर्दा सामान्य गाईभैंसीको दूधभन्दा अझै बाक्लोे प्रमाणित भएपछि पशु चिकित्सक पनि अन्यौलमा छन् ।

छिमेकी जिल्लालगायत देश बिदेशमा हरेक दिन यस्ता फरक फरक बिचित्रका घटना बाहिर आईरहेका हुन्छन् ।

कपिलवस्तुमा देखिएको यस घटनाले पनि पशु पंक्षीको विकास, प्रजनन क्षमता, उनीहरुको प्रकृति र गुण अनि शारिरिक वनावट बारे ठ्याक्कै यही भनेर भन्न नसकिने नयाँ वहसको सिर्जना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्