लडेका छोरालाई बाबुले चलाएको ट्याक्टरले किचेपछी….

<span class='c1'>लडेका छोरालाई बाबुले</span> <span class='c2'>चलाएको ट्याक्टरले किचेपछी….</span>

विराटनगर, २६ असार ।
मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को. २ त. ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ का मनोज माझीका ४ वर्षिय छोरा बादल माझीको ज्यान गएको हो । बाबु मनोज माझीले खेत जोत्नका लागि ट्याक्टर लैजानेक्रममा सोही ट्याक्टरमा बसेका बादल अचानक भुईँमा खसेका थिए । भुईमा खसे लगतै पछाडीको चक्काले उनलाई किच्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना लगत्तै बाबु फरार भएकाले प्रहरीबाट उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्