गैंडाको खाग र सालकको खपटासहित ४ जना पक्राउ

गैंडाको खाग र सालकको खपटासहित ४ जना पक्राउ

काठमाडौं,२६ असार ।  नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेस्टुरेन्टमा गैंडाको खाग बिक्री गर्न लागेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंको विशेष टोलीले रेस्टुरेन्टमा खानतलासी गर्दा गैंडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले अभियुक्तलाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाउने प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

त्यस्तै, प्रहरीले काठमाडौंकै नयाँबजारमा दुर्लभ वन्यजन्तु सालकको खपटाको कारोबार गर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले चेकजाँच गर्दा बा७९प १७०७ नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १०५ ग्राम सालकको खपटासहित पक्राउ गरेको जनाएको छ । अभियुक्तलाई पनि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्