बैंक तथा वित्तिय संस्थाले गरेको लगानी जोखिममा

बैंक तथा वित्तिय संस्थाले गरेको लगानी जोखिममा

काठमाडौँ, २७ असार । बैंक तथा वित्तिय संस्थाले गरेको लगानी जोखिममा देखिएको छ । ऋण असुली न्यायाधीकरणको तथ्यांकले अनुसार चालु आर्थिक बर्षको असार २५ गतेसम्म विभिन्न बैंक तथा वित्तिय संस्थाले झण्डै सवा २ खर्ब ऋण उठाउन सकेका छैनन् । उनीहरुले  ऋण  असुली न्यायाधीकरणमा ऋणी बिरुद्ध मुद्दा दर्ता गराएका छन् ।

असार २५ गतेसम्म २ खर्ब ११ अर्ब ८३ करोड ४७ लाख १५ हजार २ सय १४ रुपैयाँ बराबरको ऋण उठाइदिन माग गर्दै न्यायाधीकरणमा मुद्दा परेको न्यायाधीकरणका प्रवक्ता भेषराज कोइरालाले बताए ।
विभिन्न बैंक तथा वित्तिय संस्थाले १ सय ९८ वटा मुद्दा न्यायाधीकरणमा दर्ता गराएका छन् । गत आर्थिक वर्षमा यस्तो मुद्दा १०६ वटा मात्र परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्