संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा

संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा

काठमाडौं,२७ असार । संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ ।संघीय संरचनाअनुरुप कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो । संघ, प्रदेशमा रहने दरबन्दी निर्धारण कार्यलाई अन्तिम स्वरुप दिएपछि हाल कर्मचारीको अन्तरिम समायोजनमा भएको सकसको स्थिति क्रमशः सहजमा हुँदै जाने संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको विश्लेषण रहेको छ । ‘दरबन्दी निर्धारण कार्य अन्तिम चरणमा पुगेको छ । संघ, प्रदेशमा कति कर्मचारी रहने हो, त्यसको अन्तिम टुंगो एक दुई दिनमा लाग्ने छ ।’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने ।

मन्त्रालयका प्रवक्ता अधिकारी अनुसार संघमा करिब करिब ४५ हजारको हाराहारीमा कर्मचारी आवश्यक रहने छ । स्वास्थ्य सेवा समेत गरेर केन्द्र सरकारमा हाल करिब १ लाख १७ हजार कर्मचारी रहेका छन् । त्यसमध्ये निजामती कर्मचारीको दरबन्दी करिब ८६ हजार छ । कार्यबोझ तथा सांगठनिक तथा व्यवस्थापन सर्वेक्षणका आधारमा केन्द्रलाई ४५ हजारको हाराहारीमा कर्मचारी आवश्यक रहने मन्त्रालयको प्रारम्भिक अनुमान रहेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्