सप्तरीमा ५० गर्भवती महिलालाई बोको- बाख्रा वितरण

सप्तरीमा ५० गर्भवती महिलालाई बोको- बाख्रा वितरण

लहान ।  नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बोको- बाख्रा वितरण गरेको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०/१० दलित विपन्न परिवारका गर्भवती महिलालाई बाख्रा वितरण गर्नुभएको हो ।

दलित, विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले बाख्रा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्