सुनसरी, २७ असार।
सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराबाट प्रहरीले नेकपा (विप्लव समुह) का दुई कार्यकर्तालाई मंगलबार नियन्त्रणमा लिएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले जिल्ला दार्चुला लाटिनाथ-८  घर भई ईटहरी-११  मा केन्द्रिय सदस्य वर्ष ३५ को सन्तोष भन्ने राजेन्द्र सिहं विष्ट र सुनसरी इटहरी-४ मा  बस्ने  ईटहरी नगर सेक्रेटरी  वर्ष ३९ की विरता क्षेत्रीलाई पक्राउ गरिएको हो। दुबै जनालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस