नालीमा डुबेर बालिकाको मृत्यु

नालीमा डुबेर बालिकाको मृत्यु

झापा, २८ असार ।
झापाको भद्रपुर नगरपालिका १ स्थित हिमालीमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बेलुका साढे ७ बजेको समयमा घर छेउमा खनेको नालीमा डुबेर हिमाली चौक बस्ने राजु तामाङको अढाई बर्षिया छोरी रेविका तामाङको मृत्यु भएको हो । बालिकालाई नालीमा डुबिरहेको अबस्थामा बाबुले देखेपछी उपचारकालागि मेची अंचल अस्पतालमा भद्रपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्