‘रुपसी र भद्र’ गैंडाको बिदाई गरिंदै

<span class='c1'>‘रुपसी र भद्र’</span> <span class='c2'>गैंडाको बिदाई गरिंदै</span>

काठमाडौं, २८ असार ।  सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’लाई विहीबार बिदाई गरिंदैछ ।राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय खुमलटारमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडाको बिदाई गर्न लाग्नुभएको हो । त्यसपछि गैंडालाई विमानस्थल पुर्याउने र त्यहाँबाट चीन पठाइने कोषकी कार्यक्रम संयोजक सरिता ज्ञवालीले जानकारी दिनुभयो ।काठमाडौँबाट गैंँडालाई विशेष कार्गो जहाजमा चीन पठाइने छ । केही समय गैंँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैँंडासँगै चीन जाँदै हुनुहुन्छ ।

चीनमा गैंँडाको आवश्यक चिकित्सकीय सेवा र उसको स्याहार सुसारमा यहाँ भएका प्रक्रियाबारे चिनियाँ प्रतिनिधिलाई सिकाइने रिजालले बताउनुभयो । गैंडालाई मंगलबार चितवनबाट काठमाडौँ ल्याइएको हो । अहिले गैंँडाको जोडीलाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा राखिएको छ ।

विसं २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंँडा उपहार दिने निर्णय गरेको थियो । त्यसको ठिक दुई वर्षपछि विहीबार एकजोडी गैँंडा चीनलाई उपहारस्वरुप प्रदान गरिँदै छ । सरकारले पोथी गैँडाको नाम रुपसी र भालेको नाम भद्र राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्