उपत्यकामा टिप्पर चलाउन रोक , बिराटनगरमा पनि लागु होला त यो नियम ?

उपत्यकामा टिप्पर चलाउन रोक , बिराटनगरमा पनि लागु होला त यो नियम ?

काठमाडौँ, असार २८ । गृहमन्त्रालयले उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा विहान ५ वजेदेखि साँझ ८ वजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ । टिप्परको ठक्करबाट प्रत्येक हप्ता सर्वसाधारणले अकालमा ज्यान गुमाउन थालेपछि यस्तो नियम लगाइएको जानकारी मन्त्रालयले दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पत्रचार गरी उपत्यकाभित्र विहान ५ बजेदेखि साँझ ८ वजेसम्म टिप्पर सञ्चालनमा रोक लगाउन निर्देशन दिनु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, उपत्यकामा प्रत्येक हप्ता टिप्परको ठक्करबाट एकजनाले ज्यान गुमाउने गरेको पाइएको छ ।

यस्तै , बिराटनगरमा पनि टिप्परको ठक्करबाट दुर्घटना हुने तथा ज्यान जाने घटना हुदै आएका छन् । यस बिषयमा बिराटनगर महानगरपालिकाले पनि सोच्नुपर्ने अवस्था आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्