धनकुटामा ग्राभेल गरेको १५ दिन नबित्दै सडक भत्किएपछि यस्तो बन्यो …

धनकुटामा ग्राभेल गरेको १५ दिन नबित्दै सडक भत्किएपछि यस्तो बन्यो …

धनकुटा, असार २८ । ग्राभेल गरेको १५ दिन नबित्दै भत्किएपछि धनकुटाको सिधुवाबाट जितपुर जोड्ने सडकमा यातायात संचालनमा समस्या भएको छ ।

सिधुवास्थित निगाले सिमेन्ट प्रालिको कच्चा पदार्थ लिन जाने पहुँच मार्ग तथा धनकुटाको महालक्ष्मी नगरपालिकालाई कोशी राजमार्ग जोड्ने मार्ग भत्किएको हो ।

यो सडकको सिधुवा–आहाले खण्डको १ दशमलव ५ किलोमिटर सडक ग्राबेल गर्न र वाल लगाउन सडक डिभिजन कार्यालय धनकुटाले युनिक कन्ट्रक्सनलाई १ करोड ४ लाख रुपैयाँमा गत फागुनमै ठेक्का दिएको थियो ।

तर ठेकेदार कम्पनीले वर्षा लागेपछि मात्र निर्माण सुरु गरेको थियो । सडक बिग्रिएपछि महालक्ष्मी नगरपालिकाका बासिन्दालाई आवतजावत गर्न असहज भएको छ ।

सडक भत्किएपछि पुनः मर्मत गर्न लगाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर अनुप साउदेनले जानकारी दिए । (इमेज)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्