सिन्धुपाल्चोकमा पहिरो, बस्ती नै जोखिममा पर्यो

सिन्धुपाल्चोकमा पहिरो, बस्ती नै जोखिममा पर्यो

सिन्धुपाल्चोक असार २८ । बुधबार रातिदेखि परेको अविरल वर्षातका कारण सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा पहिरो गएर बस्ती नै जोखिममा परेको छ । भारी वर्षाका कारण जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ४, अमलेमा पहिरो जाँदा १२ घर जोखिममा परेको हो ।

स्थानीय राजेन्द्रराज खनालका अनुसार वर्षातले ३ घर पूर्णरूपमा क्षतिग्रस्त तुल्याएको छ भने बाँकी ९ घरमा सामान्य क्षति पुगेको छ ।

भूकम्पले थिल्थिलो बनाएको जमिनमा पहिरो गएकाले बस्ती नै सानुपर्ने खतरा बढेको खनालको भनाइ छ । पहिरोले राम न्यौपाने, रामचन्द्र खनाल, कृष्ण खनालको घरलाई क्षति  पुर्‍याएको उनको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पहिरोस्थलमा पुगिसकेको र पहिरोबाट मानवीय क्षति भने नभएको खनालले जानकारी दिए । अहिले पनि पानी परिरहेकाले प्रकोपपीडितलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्