ईटहरीमा टोल–टोलमा प्रहरी अभियान

<span class='c1'>ईटहरीमा टोल–टोलमा</span> <span class='c2'>प्रहरी अभियान</span>

इटहरी, २८ असार ।
सुनसरीको ईटहरी उप–महानगरपालिका १ स्थित नमुना टोलमा प्रहरीले टोल टोलमा प्रहरी अभियान अन्तर्गत बिहीबार सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक प्रहरी बिट हलगडाको आयोजना तथा इलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव कुमार श्रेष्ठ सहितको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लागूऔषध नियन्त्रण, महिला हिंसा र चोरी नियन्त्रण गर्ने उपाय सहितको सचेतनामुलक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्थानीय बुद्धिजिबी,स्थानीय लगायत करिब एक सयको उपस्थिति रहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्