बिर्तामोडबाट ५ जुवाडे पक्राउ परे

बिर्तामोडबाट ५ जुवाडे पक्राउ परे

झापा, असार २९ ।

झापाको बिर्तामोड नगरपालिका ५ स्थित जात्रुबारीबाट बिहीबार दिउँसो एक घरबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले स्थानीय चन्द्र बहादुर कार्कीको घरमा तास खेलिरहेको अबस्थामा घरधनी कार्कीसहित सोही ठाउँका ४९ बर्षिय टेकराज खड्का, ३५ बर्षिय पर्शुराम चौधरी, २५ अशोक राजवंशी राजबंशी र २७ बर्षिय राजेन्द्र चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त खालबाट ११ बुक ताससहित नगद २ लाख २१ हजार ४ सय ३५ रुपैँया र ५ थान मोबायल गरी उनीहरुलाई आवश्यक अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्